सामाजिक संस्था युथ एड्भोकेसी नेपालको अध्यक्षमा पुनः गणेश धामी चयन भएका छन्।
यसअघि दुई वर्षको कार्यकाल सम्पन्न गरिसकेका धामी अर्को कार्यकालका लागि पुनः चयन भएका हुन्। धामी पेसाले अधिवक्ता पनि हुन्।
शनिबार काठमाडौँमा भएको सधारण सभाले उनलाई सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी दिएको हो।
सभाले धामीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ। महासचिव विनय कार्की र कोषाध्यक्ष गंगा कँडेल रहेको समितमा सञ्जय पन्थी, लक्ष्मी डगौरा, भुपेन्द्र शाह, जिया राजभण्डारी, जिना यादव र आयुषा ढकाल सदस्य रहेका छन्।
१२ वर्षअघि स्थापित युथ एडभोकेसी विगत १२ वर्षदेखि युवा परिचालनका क्षेत्रमा अग्रणी संस्थाका रूपमा चिनिन्छ।
225
Shares

प्रतिक्रिया