समाज


पिंगलास्थानको होटलमा सुस्मितासँगै बसेका युवक पनि ओखलढुंगामा मृत भेटिए

पिंगलास्थानको होटलमा सुस्मितासँगै बसेका युवक पनि ओखलढुंगामा मृत भेटिए

नेपालखबर
पुस २०, २०८१ शनिबार १६:४५, काठमाडौँ

काठमाडौँको पिंगलास्थानस्थित बागमति होटेलमा मृतक युवतीलाई छाडेर ढोका थुनेर फरार भएका युवक ओखलढुंगामा मृत फेला परेका छन्। 

काठमाडौँको कागेश्वरीकी २२ वर्षीया सुस्मिता खड्का होटलभित्रै मृत फेला परेकी थिइन्। 

उनीसँगै बसेका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा फरार थिए। प्रहरीले घटना लगतै उनको खोजि गरिरहेको थियो। 

उनलाई शनिबार ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा  झुण्डिएको अवस्थामा मृत फेला पारेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए।

युवती मृत फेला परेपछि प्रहरीले हत्याको आशंका गरेको थियो।

वाग्मती होटेलको ३०८ नम्बर कोठामा उनीहरु नयाँ वर्षको अघिल्लो बेलुकी बस्न गएका थिए। 

तर बाहिरबाट ढोका लगाएको देखेपछि चाबि फोेडेर हेर्दा युवती मृत फेला परेकी थिइन्। 

सँगै बसेका देवबहादुर भने फरार थिए। 

देवबहादुर केही समय पहिले मात्रै जापानबाट नेपाल आएका थिए। उनी पुनः जापान जाने तयारीमा थिए।सुस्मिता पनि जापानिज भाषा पढिरहेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad