काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कपिलवस्तु बाणगंगा नगरपालिका–३ बस्ने ३३ वर्षीय बसन्त बस्याल र सप्तरी तिलाठी कोईलाडी गाँउपालिका–२ बस्ने ३४ वर्षीय लाल कुमार मण्डल रहेका छन्।
प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेका बाप्र ०१–००१ ख २८५६
नम्बरको बसमा सवार बसन्तलाई करिब २१ ग्राम र बाप्र०१–००६ ख ५६५२ नम्बरको बसमा सवार लाल कुमारलाई करिब १५ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया