समाज


लमजुङको तिलिचो होटलमा ४६ वर्षीय व्यक्ति मृत भेटिए

लमजुङको तिलिचो होटलमा ४६ वर्षीय व्यक्ति मृत भेटिए

नेपालखबर
पुस १९, २०८१ शुक्रबार १५:४५, काठमाडौँ

लमजुङको बेसीशहर नगरपालिका-७ मनाङचौतरास्थित न्यू तिलिचो होटलमा एक जना मृत भेटिएका छन्। 

होटलको कोठा नम्बर १ सय ५ मा मनाङका व्यक्ति मृत भेटिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार मृत भेटिनेमा लमजुङ मर्स्याङदी गाउँपालिका-३ खुदी घर भई मनाङ निसाङ गाउँपालिका-२ बस्ने ४६ वर्षीय कृष्ण बहादुर बस्नेत छन्। 

शुक्रबार उनी मृत अवस्थामा फेला परेका थिए। यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad