जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल माथि कुटपिट भएको छ।
रावललाई सिञ्जा २ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दका अनुसार आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लाठी प्रहार गरेका हुन्।
कुटपिटबाट घाइते रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि घर फर्किएका छन्।
‘कार्यकक्षमा फोनमा कुराकानी गरिरहेको थिएँ। एक्कासी शर्मा प्रवेश गरेर लठ्ठीले प्रहार गरे। अहिले सामान्य उपचारपछि घर फर्किसकेँ,’ अध्यक्ष रावलले भने।
प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले शर्मालाई पक्राउ गरिएको जानकारी दिए। तर, शर्माले अध्यक्षमाथि लठ्ठी प्रहार नगरेको बताए।
स्थानीय हिमा र तिला नदीको गिट्टी बालुवा उत्खनन् विषयमा शर्मा र रावलबीच विवाद भएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया