काठमाडौंका विभिन्न स्थानबाट मास्क र स्यानिटाइजरको कालोबजारी गर्ने तीन जना पक्राउ परेका छन्।
पर्साका रुपेश रौनीयार, नुवाकोटका पुरुषोतम अधिकारी र अर्घाखाँचीकी मीना घिमिरे पक्राउ परेका हुन्। उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट महाशाखाको टोलीले पक्राउ गरेको एसपी ईश्वर कार्कीले जानकारी दिए।
उनीहरुको साथबाट मास्क ११ हजार ४ सय ५५ थान र सेनिटाईजर जम्मा १ हजार ५ सय ५ बोतल बरामद गरेको छ।
यस्तै, पेट्रोल कालोबजारी गर्ने तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।
सप्तरीको सुरुङगा नगरपालिका ५ कुसहास्थित बिभिन्न पसलहरुमा अबैध रुपमा पेट्रोल प्रति लिटर १ सय २० रुपैयाँका दरले बेचिरहेको अवस्थामा पेट्रोलसहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा गाउँपालिकाका अरुण चोधरी, अलि हसन र वडा नं ५ का तेजनारायण भगत रहेका छन्।
उनीहरुको साथबाट २४ लिटर पेट्रोल बरामद गरेको छ।

प्रतिक्रिया