समाज


यी ६ दलित महिलालाई ‘दामल फेलोसिप’

यी ६ दलित महिलालाई ‘दामल फेलोसिप’

नेपालखबर
पुस १५, २०८१ सोमबार ९:३९, काठमाडौँ

‘जस्ट फ्युचर्स पहल’ संस्थाले ६ दलित महिलालाई ‘दामल फेलोसिप-२०२५’ प्रदान गर्ने भएको छ। 

संस्थाले जारी गरेको विज्ञप्तिअनुसार अञ्जना विशंखे, अस्मिता माझी, ककुन्ती रविदास, मधु महरा, सीता बौडेल र सीमा बैठालाई फेलोसिप दिने निर्णय गरिएको हो। 

जात, लैंगिकता, यौनिकता र वर्गको सेरोफेरोमा रहेका भाष्य, ज्ञान र कल्पनाबारे गहन समालोचनात्मक बुझाइका साथै लिखित र गैरलिखित नयाँ सिर्जना गर्ने उद्देश्यले उक्त फेलोसिप दिइएको संस्थाले जनाएको छ। 

जंगबहादुरकालीन १९१० सालको मुलुकी ऐनअनुसार वर्ण, जात र लिंगका आधारमा दिइने सजाय ‘दामल’ शब्दका आधारमा यस फेलोसिपको नाम राखिएको हो। नेपालभित्र र बाहिर न्याय, समता, सम्मान, समावेशी लोकतन्त्र, दिगो भविष्यबारे नयाँ भाष्य निर्माण गर्ने लक्ष्य फेलोसिपले राखेको छ।

मधेस प्रदेशमा चलाइएको जस्ट फ्युचर्स फेलोसिप र राष्ट्रिय स्तरमा सञ्चालन गरिएको जेएफपी फ्याकल्टी सेमिनारका सहभागीबीच आवेदन आह्वान गरी १२ जनाबाट ६ जनालाई फेलोसिपका लागि छनोट गरिएको हो। 

संस्थाको विज्ञप्तिमा भनिएको छ,, ‘विभिन्न अनुभव र उमेर समूहबीच अन्तरपुस्ता र अन्तर विषयको सहसिकाइमा आधारित यस फेलोसिप नौ महिनाका लागि प्रदान गरिनेछ, जसअन्तर्गत भौतिक उपस्थितिमा कक्षा, छलफल, संवादमार्फत गहन लेखन तथा रचनात्मक कार्य गर्न प्रेरित गरिनेछ। यसका लागि विशेष खालको पाठ्यक्रमको निर्माणसँगै फेलो–केन्द्रित शिक्षण विधि–प्रक्रिया अँगालिने छ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad