कारोबार


अस्ट्रेलियन डलर, पाउन्ड र दिनारको मूल्य बढ्यो, युरो सस्तियो

अस्ट्रेलियन डलर, पाउन्ड र दिनारको मूल्य बढ्यो, युरो सस्तियो

नेपालखबर
पुस १५, २०८१ सोमबार ५:१८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

आज पनि अमेरिकी डलर उच्च मूल्यमा स्थिर छ। त्यसैगरी आज अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारको मूल्य बढेको छ। युरोको मूल्य भने घटेको छ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा छ। 

अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो  र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया ४० पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०३ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा थियो। 

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ८०  पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५५ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९१ र बिक्रीदर ८५ रुपैयाँ २९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ८५ र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १६ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ११ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ०८ पैसा थियो। 

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ २३ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ८२ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ४८ पैसा थियो। 

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad