समाज


कुखुराको मासु खाँदा एकजनाको मृत्यु, तीन बिरामी

कुखुराको मासु खाँदा एकजनाको मृत्यु, तीन बिरामी

नेपालखबर
पुस १४, २०८१ आइतबार २१:५७, काठमाडौँ

कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ। तीन जना बिरामी परेका छन्।

कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए। बयलास्थित तुलासिहं विकको घरमा ल्याएको ब्वायलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो।

मासु खाँदा विकको घरमा थप तीनजना बिरामी भएका छन्। बिरामीको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको छ।
के कति कारणले मृत्यु भएको तथा बिरामी भएको भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad