समाज


राशिफल १५ पुस : मेषको प्रेममा माधुर्य छाउने, कर्कटलाई रोजगारीको अवसर आउने, तपाईँको के?

राशिफल १५ पुस : मेषको प्रेममा माधुर्य छाउने, कर्कटलाई रोजगारीको अवसर आउने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
पुस १५, २०८१ सोमबार ४:४३, काठमाडौँ

आज सोमबार, १५ पुस २०८१ (३० डिसेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : बन्धुबान्धवबाट सहयोग मिल्नेछ। नयाँ कार्यको योजना बन्नेछ। आत्मबल बढ्ने र प्रेम सम्बन्धमा मधुरता छाउनेछ। परोपकारजन्य कार्यमा लगाव बढ्नेछ। धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति भने सजगता अपनाउनु होला।

भाग्यशाली रङ खैरो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्। सामाजिक कार्यबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ४७, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६६ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। झुट नबोल्ने।

मिथुन : आफन्तको प्रगतिमा मन रमाउनेछ। चिताएको कामले तीव्रता लिनेछ। विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। प्राविधिक र वैदेशिक कार्य भने रोकिन सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कर्कट : नयाँ कार्यको योजना बन्नेछ। नयाँ रोजगारीको अवसर पनि आउन सक्छ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। नातागोता वा परिवारसँग भेटघाट हुनेछ। पुँजी बजारबाट धनलाभ हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

सिंह : अध्ययनको क्षेत्र कमजोर हुन सक्छ। आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नहोला। मनमा दुबिधा उत्पन्न हुन सक्छ। आर्थिक कारोबारमा विवाद आउन सक्छ। काम बिगार्न चाहनेहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : दानपुण्यका कार्यमा सहभागी भइनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लामो समयदेखि रोकिएको कार्यले पूर्णता पाउनेछ। साँझमा भने कलहको योग भएकाले सतर्क रहनु होला। वादविवादमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला : महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। दौडधुप गर्नुपरे पनि लाभ नै हुनेछ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ७०, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक : शुभकार्यमा सरिक भइनेछ। मानसम्मान बढ्नुका साथै शरीर स्वस्थ नै रहनेछ। रमणीय र सुखद यात्राको योग छ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। उत्तरको यात्रा नगर्ने।

धनु : सुखदुःख बराबरी खालको समय छ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु उचित हुन्छ। वैदेशिक कार्य विस्तारै अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर : दक्षिणा हात पर्न सक्छ। नयाँ कार्यको योजना बन्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ, तर स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ। शेयर बजार अन्तर्गत बीमा क्षेत्रबाट अधिक फाइदा मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

कुम्भ : शुभ कार्य, कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मीन : परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ। प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन्। रोकिएका काम पुनः सुरु हुन सक्छन् , तर खानपिन र स्वास्थ्य प्रति सावधानी रहन आवश्यक छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad