बुधबारसम्म १६९ देशमा फैलिएको कोरोना भाइरसका कारण २ लाख ३ हजार ६१२ संक्रमित बनेको एपीले जनाएको छ।
यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार २२९ पुगेको छ।
हालसम्म कोरोनाको उपचारपछि ८२ हजार ८६६ स्वस्थ बनेका छन्। गत बुधबार विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरोनाको प्रभाव चीनमा घट्दै जाँदा अन्य देशमा बढ्दै गएको छ।
पछिल्लो समय कोरोनाको केन्द्रविन्दु युरोप बनेको छ।

प्रतिक्रिया