काठमाडौँ महानगरपालिका क्षेत्रमा सञ्चालित १८ वटा संस्थागत (निजी) विद्यालयको नाम परिवर्तन हुने भएको छ।
काठमाडौँ महानगरपालिकाले आज (शनिबार) सूचना प्रकाशित गरि नाम, ठेगाना परिवर्तन गर्न चाहने १८ वटा निजी विद्यालयको सूची प्रकाशित गरेको छ।
त्यसैगरी गुठी अन्तर्गत सञ्चालित दुईवटा विद्यालयको पनि नाम परिवर्तन हुने र अन्य दुई निजी विद्यालयको स्थान परिवर्तन हुने महानरको शिक्षा विभागले जारी गरेको सूचनामा उल्लेख छ।
नाम, ठेगाना परिवर्तन हुन लागेका २२ वटा विद्यालयको सूची सार्वजनिक गर्दै महानगरले त्यसप्रति कसैको कुनै दावी, विरोध भएमा आवश्यक प्रमाणसहित ३५ दिनभित्र लिखित निवेदन दिन पनि आग्रह गरेको छ।
हेर्नुहोस् सूचना
714
Shares

प्रतिक्रिया