समाज


त्रिविको ५० औँ दीक्षान्त समारोह शनिबार, दीक्षित विद्यार्थी गत वर्षभन्दा २ हजार बढी

त्रिविको ५० औँ दीक्षान्त समारोह शनिबार, दीक्षित विद्यार्थी गत वर्षभन्दा २ हजार बढी

नेपालखबर
पुस १२, २०८१ शुक्रबार २२:३४, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आयोजना गर्ने ५० औँ दीक्षान्त समारोहको शनिबार हुँदै छ।

त्रिविले आज पत्रकार सम्मेलन गरी दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइने बताए।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको छ। उनका अनुसार समारोहमा यसपटक १४ हजार ३०८ विद्यार्थी दीक्षित हुँदै छन्। सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछ।

परीक्षा नियन्त्रक जोशीले गत वर्षभन्दा यसपटक २ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेको जानकारी दिए।

स्नातकतर्फ ९ हजार ६८, स्नातकोत्तर ५ हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पीएचडी) तर्फ १ सय २२ जना विद्यार्थी दीक्षित हुँदै छन्।

‘गत वर्ष हामीले सबैभन्दा बढी विद्यार्थी दीक्षित गरेर गिनिज बुकमा नाम लेखाइसकेका छौँ,’ उनले भने, ‘यसपटक गत वर्षभन्दा २ हजार बढी विद्यार्थी दीक्षित हुँदै छन्।’

परीक्षा नियन्त्रक जोशीले आगामी वर्षदेखि त्रिवि परिसरमा दीक्षान्त समारोह गर्ने गरी तयारी गरिएको बताए।

समारोहमा विभिन्न १७ वटा विधाका पुरस्कार वितरण गरिने उनले जानकारी दिए। दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा रामप्रसाद यादव रहनेछन्। समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागिता रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad