समाज


१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन

१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन

नेपालखबर
पुस १२, २०८१ शुक्रबार २२:७, काठमाडौँ

दुई दिने नेपाल स्वास्थ्य सम्मेलन १० बुँदे प्राथमिकता जारी गर्दै समापन भएको छ।

प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याइ आपसी सिकाइ र दीर्घकालीन रणनीति निर्माण गर्न सहयोग सम्मेलनले गरेको विश्वास गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरेको थियो।

घोषणापत्रमा नेपालको स्वास्थ्य क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्ने, स्टार्टअपहरूसँगको सहकार्यलाई प्रवर्द्धन गर्ने र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन केन्द्रीयकृत प्लेटफर्मको रूपमा आइडियारप्रोजेक्ट बैंक स्थापना गर्ने रहेको छ।

श्रम प्रवासीहरूको स्वास्थ्य समस्या सम्बोधन गर्न डायस्पोरालाई संलग्न गराउने सम्भावना अन्वेषण गर्ने, मन्त्रालयको राष्ट्रिय संयुक्त वार्षिक समीक्षामा डायस्पोरा संलग्नता गतिविधि एकीकृत गर्ने रहेको छ।

मन्त्रालयमा अनुसन्धान, प्रमाण सष्लेषण र डायस्पोरा संलग्नता एकाइ स्थापना गर्ने र निरन्तर सिकाइ, मार्गदर्शन र क्षमता निर्माणको लागि ‘भर्चुअल’ ज्ञान ‘प्लेटफर्म’ हरू डिजाइन गर्ने जारी घोषणापत्रमा उल्लेख छ।

डायस्पोराका लागि ग्रामीण स्वास्थ्य फेलोशिप कार्यक्रमको विकास र कार्यात्मक बनाउने, स्वास्थ्य क्षेत्रको लगानीमा डायस्पोरा संलग्नता सुधार गर्न आवश्यक नीति र कानुनी व्यवस्था पहिचान गर्न नीति विश्लेषण गर्ने र प्रवासी नेपालीको तथ्याङ्क अद्यावधिक गर्ने घोषणापत्रमा रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad