समाज


शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता

शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता

नेपालखबर
पुस ११, २०८१ बिहिबार १५:३५, काठमाडौँ

शोभा पाठक भन्ने जानुका पाठकविरुद्ध साइबर क्राइमको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ।

धादिङको ज्वालामुखी गाउँपालिका ७ घर भई हाल सितापाइला बस्ने पाठकलाई पक्राउ गरेर प्रहरीको स्वयम्भू वृत्तले अनुसन्धान गरेको थियो।

राजकुमार त्रिपाठीले उनीविरुद्ध मंसिर १२ गते जाहेरी दिएका थिए। जाहेरीमा पाठकले सामाजिक सञ्जालमार्फत बेइजत र मदनामी गरी सामाजिक जीवन नै समाप्त गरिदिएको आरोप लगाएका थिए।

सोही आरोपमा अनुसन्धानपछि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७  बमोजिम सजाय माग गर्दै मुद्दा दायर भएको हो। उक्त कसुरमा एक लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

यसअघि साइबर व्यूरोले पनि २०८१ असार १८ गते साइबर क्राइमकै कसुरमा पाठकविरुद्ध मुद्दा दायर गरेको थियो। सो मुद्दाको पनि फैसला हुन बाँकी छ।

पाठकले भने जाहेरवाला राजकुमार त्रिपाठीलाई विगतमा आफूले सहयोग गरेको र आफ्नोमा आउजाउ रहेको बयान दिएकी छन्। यसअघि एमाले नेता महेश बस्नेतविरुद्ध पाठकले जाहेरी दिँदा पनि राजकुमारले आफूलाई सहयोग गर्ने भन्दै एमाले पार्टी कार्यालय समेत लगेको उनको बयान छ।

आफूलाई छोरी भन्दै महेश बस्नेतविरुद्ध तिम्रोतर्फबाट म मुद्दा लडिदिन्छु भनेको तर पछि महेश बस्नेतले यो कुरा थाहा पाएपछि त्रिपाठी र आफ्नो झगडा भएको उनले बयानमा बताएकी छन्।

अपरिचित व्यक्तिले गहना र मोबाइल लुटेर लगेपछि त्रिपाठीसँग कुरा हुन नपाएको र त्रिपाठी महेश बस्नेतसँग नजिकिएको आरोप उनको छ। त्रिपाठीले एमाले नेता बस्नेतविरुद्ध दिएको उजुरीमा भने प्रहरीले कुनै कारबाही अगाडी बढाएको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad