समाज


जमिन मुनिबाट सुन निकालेर दिन्छु भन्दै भारतीय नागरिकले ठगे दुई करोड

जमिन मुनिबाट सुन निकालेर दिन्छु भन्दै भारतीय नागरिकले ठगे दुई करोड

नेपालखबर
पुस ८, २०८१ सोमबार १९:३७, काठमाडौँ

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्ने भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाईले नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै पीडितबाट पटक पटक गरी २ करोड रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो।

उनी उपर जिल्ला अदालत बाँकेबाट ४ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad