काठाडौंको चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन्।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
उनी सो सहकारीका कोषाध्यक्ष हुन्।
प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
महर्जन २०७९ को स्थानीय चुनावमा नेकपा एमालेबाट निर्वाचित भएका हुन्।
900
Shares

प्रतिक्रिया