समाज


सर्वोच्च बारमा एमाले, माओवादी, रास्वपा र राप्रपाको ‘महागठबन्धन’, अध्यक्षमा थापा

सर्वोच्च बारमा एमाले, माओवादी, रास्वपा र राप्रपाको ‘महागठबन्धन’, अध्यक्षमा थापा

नेपालखबर
पुस ८, २०८१ सोमबार १३:४१, काठमाडौँ

सर्वोच्च अदालत बार एसोसिएसनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट कानुन व्यवसायीको ‘महागठबन्धन’ बन्ने भएको छ।

एमालेनिकट पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठन (आरपीएलए) बीच अध्यक्ष र सचिवको मुख्य पदमा भागबन्डा भएको छ।

यस गठबन्धनबाट अध्यक्षमा एमालेनिकट महेश थापाले उम्मेदवारी दिने भएका छन्। सचिवमा माओवादीनिकट प्रभाकर श्रेष्ठलाई उठाउने समझदारी बनेको छलफलमा सहभागी एक माओवादीनिकट वरिष्ठ अधिवक्ताले नेपालखबरलाई जानकारी दिए।

यस्तै उपाध्यक्षमा राप्रपानिकट उत्तमबहादुर श्रेष्ठ र कोषाध्यक्षमा रास्वपानिकट रामहरि त्रिपाठीलाई अघि सार्ने तयारी भएको छ। महिला सहसचिवमा श्रुतिकुमारी रेग्मीका नाममा सहमति भएको छ।

उम्मेदवारहरूले आजै मनोनयन दर्ता गराउँदै छन्। 

यसअघि नेपाली कांग्रेस र एकीकृत समाजवादीनिकट कानुन व्यवसायीहरूको संगठनले संयुक्त प्यानल घोषणा गरिसकेको छ।

कांग्रेसनिकट वरिष्ठ अधिवक्ता मेघराज पोखरेलको नेतृत्वमा उक्त प्यानल बनाइएको छ।

पीपीएलएका महासचिव अमर थापाले भने अझै गृहकार्य भइरहेको र सबै कुरा टुंगो नलागिसकेको प्रतिक्रिया दिए।

सर्वोच्च बारको नयाँ नेतृत्व चयनका लागि यही पुस २० गते चुनाव हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad