नेपाल प्रिमियर लिगको फाइनल खेलपछि जनकपुर बोल्ट्सका समर्थकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका २ घर भई कीर्तिपुर बस्ने २१ वर्षीय अशोक साउद र डोटीको दिपायल सिलगढी नगरपालिका १ घर भई कीर्तिपुरमै बस्ने १९ वर्षका गणेश साउद रहेका छन्।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजि भइरहेको जिल्ला प्हरी परिसर काठमाडौँको प्रवक्ता एसपी नवराज अधिकारीले बताए।
गत शनिबार त्रिवि क्रिकेट मैदानमा भएको जनकपुर। बोल्ट्स र सुदूरपश्चिम रोयल्सको फाइनल खेलपछि केही व्यक्तिहरुले जनकपुरका समर्थकमाथि हातपात गरेका थिए।
त्यसक्रममा उनीहरुले साम्प्रदायिक सद्भाव बिगार्न खोजेको र अभद्र व्यवहार पनि गरेको एसपी अधिकारीले बताए।
घटनाको निन्दा गर्दै मधेस आयोग, मधेशका मुख्यमन्त्रीसहित विनिन्न संघसंस्थाहरुले पनि संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए।
सुदूरपश्चिमलाई पराजित गर्दै एनपीएलको उपाधि जनकपुरले जितेको थियो।
Shares

प्रतिक्रिया