समाज


सिरहामा मोतियाविन्दु पहिचान भएका ८१ जनाको शल्यक्रिया

सिरहामा मोतियाविन्दु पहिचान भएका ८१ जनाको शल्यक्रिया

फाइल फोटो


नेपालखबर
पुस ५, २०८१ शुक्रबार २०:१४, काठमाडौँ

जिल्लाको सुखीपुर नगरपालिकाका दुई स्थानमा सञ्चालित निःशुल्क आँखा शिविरबाट मोतियाविन्दुको पहिचान भएका ८१ जनाको सफल शल्यक्रिया गरिएको छ।

सुखीपुर युवा सञ्जालले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट पाँच सय ५० जना स्थानीय लाभान्वित भएकामा ८१ जनामा मोतियाविन्दु पहिचान भएको थियो।  

मोतियाविन्दु पहिचान भएका सबैको बिहीबार कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा सफल शल्यक्रिया गरिएको सञ्जालका सञ्चालक शिव यादवले जानकारी दिए। उनका अनुसार गत मङ्सिर २९ गते सुखीपुर–२ स्थित सामुदायिक विद्यालयमा र मङ्सिर ३० गते सुखीपुर–१० दहिपौडीस्थित सामुदायिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन गरिएको थियो।

शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर र स्वास्थ्य ट्रस्ट फाउण्डेशन सिरहाका प्राविधिक तथा चिकित्सकले सेवा दिएका आयोजकले जनाएको छ।

शिविरमा बिरामीलाई औषधि निःशुल्क वितरण गरिनुका साथै चस्मा आवश्यक पर्ने बिरामीलाई २० प्रतिशत छुटमा चिकित्सकको सल्लाह अनुसार उपलब्ध गराइएकोे सञ्जाल सञ्चालक शिव यादवले उल्लेख गरे। आगामी दिनमा पनि ग्रामीण क्षेत्रमा यस्ता शिविर सञ्चालन गर्ने योजना रहेको उनले बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad