प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाइएको अपुष्ठ सामग्री सार्वजनिक गरेपछि पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासत मुक्त भएका छन्।
सर्वोच्च अदालतले शुक्रबार रिहा गर्न आदेश दिएपछि उनको एक महिना लामो हिरासत बसाइ टुंगिएको हो। हिरासतमुक्त भएपछि प्रसाईंले आफू तस्करहरुसँग लडिरहेको भन्दै त्यसलाई जारी राख्ने बताए। ‘तस्करहरुविरुद्ध मेरो जुन लडाइँ छ, त्यसबाट दुर्गा प्रसाईं भाग्दैन,’ उनले भने, ‘यो जारी हुन्छ।’
हिरासतमा सिआईबी र साईबर प्रहरीले आफूलाई राम्रो व्यवहार गरेको भन्दै उनले धन्यावाद समेत दिए। प्रसाईं गत मंसिर ४ गते भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए।
615
Shares

प्रतिक्रिया