समाज


निकिताको आरोप: श्रीमान् हिरासतमा भएका बेला केही मिडियाले 'पुरुषार्थ' देखाए

निकिताको आरोप: श्रीमान् हिरासतमा भएका बेला केही मिडियाले 'पुरुषार्थ' देखाए

फाइल तस्बिर: निकिता पौडेल लामिछाने


नेपालखबर
पुस २, २०८१ मंगलबार १२:२२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री एवं रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले आफूविरुद्ध 'मिडिया ट्रायल' भएको आरोप लगाएकी छन्। 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा हाल कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेकी श्रीमती निकिताले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो बै‌ंकमा रहेको रकमबारे विभिन्न सञ्चारमाध्यमले फरक फरक अंक लेखेको भनी टिप्पणी गरेकी हुन्।

यस विषयमा बरु सिधै आफूलाई सोधेको भए आफ्नो बै‌ंकिङ विवरण बताइदिने निकिताले उल्लेख गरेकी छन्। आफ्ना श्रीमान् हिरासतमा रहेका बेला केही मिडियाले आफूविरुद्ध 'पुरुषार्थ' देखाएको गुनासो पनि उनले गरेकी छन्। 

खाता मेरो हो। यतिउति पैसा छ भनेर आआफैँ अनुमान लगाउनुभन्दा सोधेकाे भए बताइदिन्थे नि, निकिताले लेखेकी छन्, श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको 'पुरुषार्थ'अगाडि समाज मूकदर्शक बनेकाेमा झनै आश्चर्यमा छु।

यस क्रममा उनले आफ्ना श्रीमान् रवि लामिछानले सहकारीबाट ऋण लिएको प्रमाण अहिलेसम्म फेला नपरेको जिकिर पनि गरेकी छन्। 

उनले लेखेकी छन्, मेरो श्रीमान्‌ले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देऊ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौँ।

यस विषयमा निकिता सामाजिक सञ्जालमा व्य‌ंग्यात्मक शैलीमा प्रस्तुत भएकी छन्। 

हेर्नुहोस् उनले लेखेको स्टाटस जस्ताको तस्तै

आज बिहानै बुवाले फाेनमा हाँस्दै सोध्नु भयो, 'तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ कराेड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति? अलिकति मलाई पनि देऊ न।'

मैले पनि हाँस्दै भने, 'त्यत्राे पैसा भएरै त हाेला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।'

बुवा-छाेरीकाे कुराकानीकाे सन्दर्भ थियाे, अनुसन्धानमा रहेको विषयमा भएको 'मिडिया ट्रायल'काे।

कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछाेडेकाे भए बैंकिङ कारोबारकाे अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने हाेइन र? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु! समाचार लेख्नेमाथि दया लागेर आउँछ।

खाता मेरो हो। यतिउति पैसा छ भनेर आआफैँ अनुमान लगाउनुभन्दा सोधेकाे भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको 'पुरुषार्थ' अगाडि समाज मूकदर्शक बनेकाेमा झनै आश्चर्यमा छु।

मेरो श्रीमान्‌ले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देऊ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौँ।

आजै  कास्की प्रहरीले रविलाई आठौँपटक  हिरासत म्याद थप्न जिल्ला अदालत उपस्थित गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad