यही डिसेम्बर १ देखि नेपालमा औपचारिक रूपमा जाडोयाम (हिउँद) लागेको छ।
त्यसयता मुलुकभर चिसो बढ्ने क्रम जारी छ।
यसै क्रममा आज (सोमबार) देशका कुन ठाउँको तापक्रम कति देखियो भन्ने जानकारी मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको छ।
महाशाखाको विवरणअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ३.६ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम धरानमा १३ डिग्री सेल्सियस छ।
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम तापक्रम भनिन्छ भने सबैभन्दा माथि कति पुग्यो, त्यस तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
यसअनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको चिसो तथा अधिकतम तापक्रमले दिनभरको चिसोलाई जनाउँछन्।
सामान्यतया हरेक दिन बिहान ८:४५ बजे न्यूनतम र साँझ ५:४५ बजे अधिकतम तापक्रम मापन हुने गर्छ।
मौसमविद्का अनुसार घाम तथा बादल लागेको अवस्था, वर्षा तथा हिमपात भएको अवस्था आदि कारण हरेक दिन तापक्रम तलमाथि भइरहन्छ।
अब हेर्नुहोस् आज देशभरको तापक्रम विवरण

Shares

प्रतिक्रिया