ad ad

समाज


बीपी राजमार्ग खुलेको छैन: काभ्रे प्रहरी

बीपी राजमार्ग खुलेको छैन: काभ्रे प्रहरी

फाइल तस्बिर


नेपालखबर
असोज २०, २०८१ आइतबार ५:५३, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्ग अन्तर्गतका वैकल्पिक राजमार्ग अहिलेसम्म पूर्णरुपमा सञ्चालमा नआएको जनाएको छ।  

काभ्रे प्रहरीले सूचना जारी गर्दै बीपी राजमार्ग अन्तर्गतका सडकको मर्मत नसकिएकाले यो सडक मार्ग भएर यात्रा नगर्न यात्रुहरुलाई आग्रह गरेको हो। 

काभ्रेको रोसी गाउँपालिका ११ डम्फुपार्क तथा वडा नम्बर ९ को मंगलटारमा अलपत्र अवस्थामा रहेका पाँचसय भन्दा धेरै सवारी साधन र तिनका चालक र सहचालकलाई मंगलटारबाट धुलिखेल निकाल्ने प्रयास भने जारी रहेको प्रहरीले जनाएको छ। 

रोसीको डम्फुपार्क र मंगलटारमा ८ दिनदेखि पाँचसय भन्दा धेरै सवारी साधन बाढी पहिरोमा फसेका छन्। 

तिनलाई खोला पार गराएर तेमाल गाउपालिका ७ कल्धार, मेटोल, कुरुवास, काडलिड, पोखरी नारायणस्थान, कानपुर, भकुन्डे हुँदै धुलिखेलतर्फ निकाल्नको लागि वैकल्पिक मार्ग सुचारु गर्न निरन्तर प्रयास भइरहेको प्रहरीले जनाएको छ। 

सो वैकल्पिक रुट खुल्नासाथ तत्काल जानकारी गराइने भन्दै प्रहरीले हालको अवस्थामा बीपी राजमार्गका वैकल्पिक सडकमा सार्वजनिक सवारी गुडाउन मिल्ने अवस्था नरहेको जानकारी गराएको हो। 

त्यसैगरी मंगलटारबाट सिन्धुलीको सीमानासम्म रोशीले बगाएको करिब ७ किलोमिटर लामो सडक मर्मत गरेर सवारी साधन सञ्चालनको प्रयास भइरहेको र त्यसको लागि अझै केही दिन लाग्ने प्ररीले जनाएको छ। 

अहिलेसम्म काभ्रेस्थित बीपी राजमार्ग पूर्णरुपमा बन्द अवस्थामा रहेको भन्दै प्रहरीले सवारी चालक र यात्रुलाई यो सडक भएर यात्रा नगर्न सचेत गराएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .