काभ्रेपलाञ्चोकमा आधा किलोभन्दा बढी सुनसहित दुईजना पक्राउ परेका छन्।
बनेपा नगरपालिका-१३, साँगा चोकबाट ५५८ ग्राम सुनसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका-९ का ३८ वर्षीय वसन्त लामा र रामेछापको मन्थली नगरपालिका-१ का २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट खटिएको प्रहरीले काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कार जाँच गर्ने क्रममा कारको सिटमुनि प्लास्टिकको झोलामा लुकाएर राखेको अवस्थामा फेला पारेका काभ्रे प्रहरीले जानकारी दिएको छ।
चालक वसन्त र कारमा सवार अमृतलाई पक्राउ गरेको अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ।
717
Shares

प्रतिक्रिया