समाज


१४ जना फोटो पत्रकार चीन प्रस्थान

१४ जना फोटो पत्रकार चीन प्रस्थान

नेपालखबर
मंसिर २३, २०८१ आइतबार ९:३६, काठमाडौँ

राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार एवं राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १४ सदस्यीय फोटोपत्रकार टोली चीन प्रस्थान गरेको छ। 

फोटो प्रदर्शनीका लागि पत्रकारको टोली चीनको सान्तोङतर्फ प्रस्थान गरेको हो। पिन्चाओ फोटोग्राफर एशोसिएसनको निमन्त्रणामा एनएफपीजेको टोली त्यसतर्फ प्रस्थान गरेको हो। 

चीनका फोटोग्राफर सु छुई तथा नेपाल–चीनमैत्री सङ्घको सहकार्यमा ‘सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल’ फोटो प्रदर्शनीमा नेपालका पर्यटन क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने एक सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा एक महिनासम्म प्रदर्शनी गरिने प्रदर्शनीका  संयोजक सुनिल शर्माले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad