समाज


कोरोनाबाट संक्रमित र मृतकको संख्या चीनमा भन्दा बाहिर बढी

कोरोनाबाट संक्रमित र मृतकको संख्या चीनमा भन्दा बाहिर बढी

नेपालखबर
चैत ३, २०७६ सोमबार ११:५०,

विश्वभर हाल १ लाख ७३ हजार २९ जनामा कोरोनाको संक्रमण देखिएको छ। हालसम्म ६ हजार ६६३ को मृत्यु भइसकेको छ।

यसबीचमा कोरोनाको उद्गमस्थल चीनमा हालसम्म ८० हजार ८८० संक्रमित बनेका छन्। ३ हजार २१३ को मृत्यु भइसकेको छ।

तथ्यांकलाई मूल्यांकन गर्दा चीनमाभन्दा बाहिरी मुलुकमा कोरोना संक्रमित र मृतकको संख्या बढी देखिएको हो।

चीनबाहिर ९२ हजार १४९ जना संक्रमित देखिँदा ३४ सय ५० मृतक पुष्टि भएका छन्।

यसको अर्थ चीनमा भन्दा चीनबाहिर ११ हजार २६९ बढी संक्रमित छन् भने २३७ बढी व्यक्तिको चीनबाहिर मृत्यु भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad