समाज


वाइडबडी भ्रष्टाचार : पूर्वअर्थसचिव ढुंगाना र पर्यटनका सहसचिव लामिछानेलाई डेढ वर्ष कैद, २५ करोड बढी बिगो र जरिवाना

वाइडबडी भ्रष्टाचार : पूर्वअर्थसचिव ढुंगाना र पर्यटनका सहसचिव लामिछानेलाई डेढ वर्ष कैद, २५ करोड बढी बिगो र जरिवाना

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार २२:४९, काठमाडौँ

पूर्व अर्थसचिव शिशिर कुमार ढुंगाना र पर्यटन मन्त्रालयका बहालवाला सहसचिव बुद्धिसागर लामिछानेलाई डेढ वर्षका दरले कैदको फैसला भएको छ।

वाइडबडी विमान खरिदमा उनीहरुको भ्रष्टाचार ठहर गर्दै विशेष अदालतले कैद सजाय सँगै बिगो र जरिवाना पनि तोकेको हो।

ढुंगाना र लामिछानेलाई जनही १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ ९० पैसा बिगो र त्यति नै जरिवाना अशुल गर्न पनि विशेष अदालतको फैसला छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले वाइडबढी खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले दायर गरेको आरोप पत्रमा यस्तो फैसला गरेको हो।

ढुंगाना जहाज खरिदको एमओयू मस्यौदा अध्ययन गर्ने उपसमितिमा संयोजक समेत थिए।

२०७३ माघ ३ गतेको बैठकबाट एमओयुमा परिमार्जन गर्ने अधिकार व्यवस्थापनलाई दिने, विमानको रकम भुक्तानी दिने, शिर्षक यकीन गर्ने र प्रतिबद्धता शुल्कको रकम वापत आपूर्तिकर्ता एयरक्रप्टबाट बैंक ग्यारेन्टी बापतको रकम प्राप्त भएपछि प्रतिवद्धता बापतको रकम भुक्तानी दिने निर्णय गरेको विशेष अदालतको ठहर छ।

ढुंगानाले आफैले गरेको निर्णयविपरित बिना बैंक ग्यारेन्टी प्रतिवद्धता बापतको रकम भुक्तानी दिनेसहितको एमओयू स्वीकृत गरेको विशेषको फैसलामा भनिएको छ। 

ढुंगाना र बुद्धिसागर लामिछाने नै उपस्थित रहेको बैठकबाट संशोधित एमओयू कार्यन्वयनमा आएका कारण निगमलाई हानी नोक्सानी भएको अदालतको ठहर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad