ad ad

समाज


भारतमा कोरोना निको हुन्छ भन्दै आयोजना गरियो ‘गाईको गहुँत भोज’

भारतमा कोरोना निको हुन्छ भन्दै आयोजना गरियो ‘गाईको गहुँत भोज’

नेपालखबर
चैत ३, २०७६ सोमबार ८:४४,

गत शनिबार हिन्दु समूह ‘अखिल भारत हिन्दु महासभा’ले राजधानी दिल्लीमा गहुँत भोजको आयोजना गरेका थिए।

उक्त भोज कार्यक्रममा २ सयभन्दा बढी मानिसहरु सहभागी भएको रोयटर्सले जनाएको छ।

भोजमा सहभागी भएका ओप प्रकाशले भने,‘हामीले गाईको गहुँत २१ वर्षयता पिउँदै आएका छौं। हामी गोबर लगाएर स्नान पनि गर्छौं। हामीलाई अंग्रेजी औषधिको आवश्यकता छैन।’

सत्ताधारी पार्टी भारतीय जनता पार्टीकी एक सांसदले गहुँत र गोबरले कोरोनाभाइरस नियन्त्रण गर्न सकिने धारणा राखेपछि गहुँत भोजको अयोजना गरिएको थियो।

आसाम राज्यकी विधानसभा सदस्य सुमन हरिप्रियाले मार्च ३ मा संसदमै गाईको गहुँत र गोबरले कोरोनाभाइरस निको पार्नसक्ने बताएकी थिइन्।

उनले भनेकी थिइन्,‘हामीलाई थाहा छ गाईको गोबर कति प्रभावकारी छ। जब हामी गहुँत छर्कन्छौं त्यसले उक्त स्थान पवित्र बनाउँछ। मलाई विश्वास छ हामीले गहुँत र गोबरको प्रयोगबाट कोरोनाभाइरस निको पार्नसक्छौं।’

के गहुँतले कोरोना भाइरस लाग्न दिँदैन?

विश्व सास्थ्य संगठनका अनुसार हालसम्म कोरोना भाइरसको औषधि बनिसकेको छैन। कोरोनाको उपचारको बारेमा वैज्ञानिकहरुले अध्ययन र अनुसन्धान गरिरहेका छन्।

यसबीचका विभिन्न घरेलु उपचार र गहुँत खाएमा कोरोना हट्ने विषय सार्वजनिक हुँदा चिकित्सकहरले यी अफवाह भएको बताएका छन्।

चिकित्सकहरुले कोरोनाको संकेत देखिए अस्पताल जान सुझाव दिएका छन्। हात दोहोर्याउँदै धुनु, सेनिटाइजरको प्रयोग गर्नु नै हालसम्म कोरोना रोकथाम गर्ने उत्तम उपाय भएको चिकित्सकहरुको सुझाव छ।

हालसम्म १ सय ५० भन्दाबढी मुलुकमा कोरोना पुगिसकेको छ। हालसम्म १ लाख ७० हजार १९१ जना कोरोनबाट संक्रमित बनेका छन्। ६ हजार ५२६ को मृत्यु भइसकेको छ।

भारतमा ११५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ २ जनाको मृत्यु भइसकेको छ।

यो पनि:

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्‍यो १५ सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .