समाज


जनकपुरधाममा तीन दिन मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक

जनकपुरधाममा तीन दिन मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक

नेपालखबर
मंसिर १९, २०८१ बुधबार १५:५, काठमाडौँ

सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासुु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशित गर्दै आजदेखि तीन दिनसम्म माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको हो।

कार्यालयद्वारा जारी सूचनामा आजराति १२ बजेदेखि मङ्सिर २२ गते राति १२ बजेसम्म जनकपुर नगरक्षेत्रमा मासु, माछा तथा मदिरा बिक्री वितरण नगर्न÷नगराउन आदेश जारी गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र तथा परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपंक्षी काटमार, माछा बिक्रीवितरण तथा उत्पादनलगायत अन्य नशालु पदार्थको सेवन नगर्न/नगराउन अनुरोध गर्दै ती वस्तु पूर्ण रूपमा निषेध गरिएको सूचनामार्फत जनाइएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरी सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जनकपुर नगरदर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मङ्सिर २२ गते सम्पन्न हुनेछ।

गढीमाई मेलाका लागि मङ्सिर २३ गते बिदा
मधेश प्रदेश सरकारले गढीमाई मेला हर्षौल्लास पूर्वक मनाउने भन्दै यही मङ्सिर २३ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश प्रदेश सरकारको मन्त्रित्रपरिषद् बैठकले मङ्सिर २३ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad