प्रधानमन्त्री केपी शर्मा ओली ४ दिने औपचारिक भ्रमणका लागि चीनतर्फ प्रस्थान गरेका छन्।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी मंसिर १७ देखि २० गतेसम्मका लागि चीन भ्रमणमा गएका हुन्। प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्यका साथै ३९ जनाको सरकारी टोली पनि बेइजिङ प्रस्थान गरेको छ।
प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो। ओलीको बिदाइमा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
चीनमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै चिनियाँ समकक्षी ली छ्याङसँग पनि उनले द्विपक्षीय वार्ता गर्नेछन्।


























147
Shares

प्रतिक्रिया