समाज


सीआईबीले पक्रियो भारतीय आपराधिक समूहको नामबाट व्यवसायी धम्क्याउने व्यक्ति

सीआईबीले पक्रियो भारतीय आपराधिक समूहको नामबाट व्यवसायी धम्क्याउने व्यक्ति

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार १४:५३, काठमाडौँ

नेपालमा व्यावसाय गरिरहेका विभिन्न व्यक्तिहरूलाई भारतीय नम्बरबाट फोनकल तथा मेसेज मार्फत धम्क्याउने व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।

पाँचथर साविक मौवा ६ घर भई हाल झापाको मेचीनगर नगरपालिका १३ चारआली बस्ने ३६ वर्षीय नविन प्रधान भन्ने हरिचन्द्र फुयाललाई बिहीबार बेलुका सीआईबीको टोलीले पक्राउ गरेको हो।

उनले आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भनी व्यवसायीहरू मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान समेत लिने धम्की दिएका थिए।

व्यवसायीहरूलाई आतंकित पारी आपराधिक लाभ लिन खोजेको उनीमाथि आरोप छ।

उनले भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरूलाई धम्की दिने कार्य मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईको निर्देशनमा गरेको सीआईबीलाई बताएका छन्।

उनी यसभन्दा अगाडि समेत विभिन्न कसुरमा संलग्न भई फरार रहेको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad