समाज


काठमाडौँमा रविको बयान आजदेखि थाल्ने तयारी

काठमाडौँमा रविको बयान आजदेखि थाल्ने तयारी

फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार ८:३५, काठमाडौँ

स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धानका लागि पोखराबाट बिहीबार बेलुका काठमाडौँ ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज (शुक्रबार) देखि बयान लिइँदै छ। 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग आजैबाट बयान थाल्ने तयारी भइरहेको जानकारी दिएका छन्। 

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा गत कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रविलाई काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले यहाँ ल्याइएको हो। 

यसअघि सोही प्रकरणमा पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र कुमार रम्तेललाई पनि काठमाडौँ ल्याएर बयान लिइएको थियो। हाल उनीहरूलाई कास्की (पोखरा) फर्कासकिएको छ। 

उनीहरूको बयान लिइसकेपछि प्रहरीले रविलाई काठमाडौँ ल्याएर बयान लिन लागेको हो। 

उनलाई बिहीबार बेलुका काठमाडौँस्थित त्रिभुवन विमानस्थल अवतरण गराउँदा आसपास सडकमा रास्वपाका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेका थिए। राजनीतिक प्रतिशोधका आधारमा आफ्ना सभापतिलाई पक्राउ गरिएको दाबी गर्दै रास्वपाले निरन्तर विरोध गरिरहेको छ।

रविले गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहँदा सूर्यदर्शन र स्वर्णलक्ष्मीसहित ५ वटा सहकारीका रकम लगेर अपचलन गरेको आरोप छ। सोही विषयमा अनुसन्धानका क्रममा कास्कीमा उनीविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको समेत मुद्दा चलाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad