समाज


कोरोनाबाट सबैभन्दा बढी प्रभावित ११ देशको अवस्था यस्तो...

कोरोनाबाट सबैभन्दा बढी प्रभावित ११ देशको अवस्था यस्तो...

नेपालखबर
चैत २, २०७६ आइतबार ९:२५,

४२ देशमा हालसम्म कोरोनाको प्रकोप पुगेको छैन। कोरोनाका कारण आइतबारसम्म १ लाख ५७ हजार २ सय ८ संक्रमित बनेको पुष्टि भएको छ।

हालसम्म ५ हजार ८४२ को मृत्यु भइसक्दा ७५ हजार ९४० उपचारपछि स्वस्थ बनेका छन्।

पछिल्लो समय कोरोनाको प्रभाव कोरोनाको उद्गमस्थल चीनमा कम हुँदै गएको छ। चीनपछि कोरोनाग्रस्त मूलुक इटली, इरान र दक्षिण कोरिया हुन्।

अमेरिकामा पनि संक्रमितको संख्या बढ्दै गएको छ। शुक्रबार मात्र डब्लूएचओले अब कोरोनाको केन्द्रविन्दु युरोप बनेको बताएको थियो।

डब्लूएचओले कोरोना नियन्त्रण गर्न आक्रमक रुपमा लाग्न विश्वलाई आग्रह गरेको छ।

कोरोनाबाट प्रभावित मुख्य ११ राष्ट्र

१. चीनः ८० हजार ८४९ संक्रमित, ३१ सय ९९ को मृत्यु, ६६ हजार ९१४ उपचारपछि स्वस्थ, हाल १० हजार ७३६ मा कोरोनाको परीक्षण जारी

२. इटलीः २१ हजार १५७ संक्रमित, १४ सय ४१ को मृत्यु, १९ सय ६६ उपचारपछि स्वस्थ, १७ हजार ७५० मा कोरोनाको परीक्षण जारी

३. इरानः १२ हजार ७२९ संक्रमित, ६ सय ११ को मृत्यु, ४ हजार ३३९ उपचारपछि स्वस्थ, ७ हजार ७७९ मा कोरोनाको परीक्षण जारी

४. दक्षिण कोरियाः ८ हजार १६२ संक्रमित, ७५ को मृत्यु, ८३४ उपचारपछि स्वस्थ, ७ हजार २५३ मा कोरोनाको परीक्षण जारी

५. स्पेनः ६ हजार ३९१ संक्रमित, १९६ को मृत्यु, ५१७ उपचारपछि स्वस्थ, ५ हजार ६७८ मा कोरोनाको परीक्षण जारी

६. जर्मनीः ४ हजार ५९९ संक्रमित, ९ को मृत्यु, ४६ उपचारपछि स्वस्थ, ४ हजार ५४४ मा कोरोनाको परीक्षण जारी

७. फ्रान्सः ४ हजार ४६९ संक्रमित, ९१ को मृत्यु १२ उपचारपछि स्वास्थ, ४ हजार ३६६ मा कोरोनाको परीक्षण जारी

८. अमेरिकाः ३ हजार ४४ संक्रमित, ६० को मृत्यु, ५६ उपचारपछि स्वस्थ, २ हजार ९२८ मा कोरोनाको परीक्षण जारी

९. स्वीजरल्यान्डः १ हजार ३७५ संक्रमित, १३ को मृत्यु, ४ उपचारपछि स्वस्थ, १३ सय ५८ मा कोरोनाको परीक्षण जारी

१०. बेलायतः १ हजार १४० संक्रमित, २१ को मृत्यु, १८ उपचारपछि स्वस्थ, १ हजार १ सय १ मा कोरोनको परीक्षण जारी

११. नर्वेः १ हजार १२१ संक्रमित, ३ को मृत्यु, १ उपचारपछि स्वस्थ, १ हजार ११७ मा कोरोनाको परीक्षण जारी, परीक्षण भएका सबैमा कोरोनाको आशंका गरिएको छ।

यो पनि:

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्‍यो १५ सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad