काठमाडौं महानगरपालिका–३ बाँसवारीस्थित सडकमा बा.प्र-०२-०५० प ८३१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
मंगलबार बिहान भएको दुर्घटनामा चालक बूढानीलकण्ठ नगरपालिका देउवाचोक बस्ने ३१ वर्षीय सुशान्त देउलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो।
उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई बाप्र०२-०४४-१८७८ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिई दुर्घटना भएको थियो।
साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जना र १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ।
बाप्र०२-०४४-१८७८ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
6.9k
Shares

प्रतिक्रिया