प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोपसहितका सामग्री प्रचार गरेपछि प्रक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराएको छ।
सर्वोच्च अदालतले ९ मंसिरमा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित दुई दिनभित्रमा उपस्थित हुन सरकारलाई आदेश दिएको थियो।सर्वोच्चले लिखित जवाफसहित प्रसाईंलाई पनि सर्वोच्चमा उपस्थित गराउन भनेको थियो।
सर्वोच्चको आदेश अनुसार नै प्रहरीले लिखित जवाफसहित उनलाई सर्वोच्चमा उपस्थित गराएको हो। तर, आज उनको निवेदनमा पेसी नतोकिएकाले सुनुवाई भने हुने छैन। उनलाई पुन प्रहरीको सिंहदरबार वृत्तस्थित हिरासतमै फर्काइने छ। सर्वोच्चले उनको निवदेनमा बुधबार सुनुवाइ गर्नेछ।
प्रसाईंलाई मंसिर ४ गते पक्राउ गरेर साइबर ब्यूरोले विद्युतीय अपराध (साइबर क्राइम) को कसुरमा अनुसन्धान गरिरहेको छ।
पसाईले प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा ३२ अर्ब लगानी रहेको भन्दै सामाजिक सञ्जालमा भिडिओसहित अभिव्यक्ति दिएका थिए।
Shares

प्रतिक्रिया