घरेलु हिंसामा परेको भन्दै सर्वोच्च अदालतमा मुद्दा लडिरहेकी बिनु यादवले सर्वोच्च अदालतको गेटमा कालोसी छर्किएकी छन्। मंगलबार बिहान साढे ११ बजे गेट नजिकै रहेको सर्वोच्चको बोर्डमा कालो मसी लगाइदिएकी हुन्।

बिनुले प्रदीपका काका व्यवसायी पवन कठायत विरुद्ध पनि बलात्कारको प्रयास गरेको भन्दै जिल्ला अदालत रामेछापमा पनि मुद्दा दायर गरेकी थिइन्। जिल्ला अदालत रामेछापले कठायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। पछि उनले सफाइ पाए।
प्रदीपसँग प्रेम सम्बन्ध भएपछि विवाह गरी मन्थली पुगेकी बिनुले आफूमाथि घरेलु हिंसा भएको बताउँदै आएकी छिन्। जिल्ला न्यायाधीशले पैसा खाएर सम्बन्ध विच्छेदको फैसला गरेको उनको आरोप छ।
आज उनको मुद्दा सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र महेश शर्मा पौडेलको इजलासमा छ।



Shares

प्रतिक्रिया