समाज


मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा

मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा

फाइल तस्बिर


नेपालखबर
मंसिर ११, २०८१ मंगलबार ७:१८, काठमाडौँ

मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री एवं एमाले नेता लीलावल्लभ अधिकारी रिहा भएका छन्।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार उनलाई सोमबार साँझ प्रहरीले रिहा गरेको हो। अधिकारीलाई प्रहरीले उनकी श्रीमतीको जिम्मा लगाएर घर पठाएको छ। 

मानव तस्करीको आरोपमा अधिकारीसँग पक्राउ परेका अन्य ११ आरोपविरुद्ध भने काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। 

जापानबाट नेपाल प्रहरीका डीआईजी चन्द्रकुवेर खापुङ र राजन अधिकारीलाई पठाएको म्यासेज, आफैँले अध्यागमनलाई जानकारी गराएको, विमानस्थलको सिसी टिभी फुटेजमा अन्य आरोपीसँग नदेखिएको, इन्कारी बयान दिएकोलगायतलाई आधार मानेर अधिकारीलाई मुद्दा नचलाउने निर्णय भएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad