धनुषामा विषाक्त रक्सी पिएका कारण थप एक जनाको मृत्यु भएको छ। योसँगै यो जिल्लामा रक्सीबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।
स्थानीय विक्की सदाका अनुसार रक्सी पिएका कारण बिरामी भएका धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका २६ वर्षीय जितेन्द्र सदाको आइतबार बिहान मृत्यु भएको हो।
यसअघि शुक्रबार र शनिबार गरी विषाक्त रक्सीकै कारण सोही बस्तीका ३ जनाको मृत्यु भइसकेको छ।
‘आज बिहान मृत्यु भएका जितेन्द्र हिजो समान्य बिरामी थिए, तर, आज बिहानै अचानक सिकिस्त भएर उनको मृत्यु भयो,’ स्थानीय विक्की साहले नेपालखबरसँग भने।
उनका अनुसार जितेन्द्रजस्तै १५ जनाभन्दा बढी बिरामी छन्।
‘सबैलाई स्वास्थ्य जाँच र उपचारका लागि अस्पताल भर्ना गरिएको छ,’ उनले भने।
यसअघि धनुषाकै क्षीरेश्वरनाथ नगरपालिका २ रमदैयामा विषाक्त रक्सी पिएकै कारण बिरामी परेर १५ जनाको मृत्यु भइसकेको छ।
आजको समेत गरेर धनुषामा विषाक्त रक्सीबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।
याे पनि :
जनकपुरको मुसहरी टोलमा पनि घरेलु मदिरा सेवनबाट ३ जनाको ज्यान गयो, ५ सिकिस्त
प्रतिक्रिया