समाज


लागुऔषध खैरो हिरोइनसहित एकजना पक्राउ

लागुऔषध खैरो हिरोइनसहित एकजना पक्राउ

नेपालखबर
मंसिर ९, २०८१ आइतबार १६:१५, काठमाडौँ

काठमाडौंको चन्द्रागिरीमा एक युवक लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ईलामको चुलाचुली गाउँपालिका–४ बस्ने वर्ष २१ को अबिरल हीङमाङ रहेका छन्।

नेपालगञ्जदेखि काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१–००६ ख ४७९७ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट ९ ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad