समाज


काठमाडौँमा बढ्यो चिसो, घट्यो तापक्रम (सूची)

काठमाडौँमा बढ्यो चिसो, घट्यो तापक्रम (सूची)

नेपालखबर
मंसिर ८, २०८१ शनिबार १९:२७, काठमाडौँ

देशभर क्रमशः तापक्रम घट्दै गएको छ भने चिसो बढ्दै गएको छ। 

यसै क्रममा आज (शनिबार) काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आज काठमाडौँ उपत्यकामा शुक्रबारभन्दा न्यूनतम र अधिकतम दुवै तापक्रम घटेका छन्।

आज उपत्यकामा न्यूनतम ९.३ र अधिकतम तापक्रम २०.८ डिग्री सेल्सियस छन्। शुक्रबार यहाँ न्यूनतम ९.४ र अधिकतम २१.२ डिग्री सेल्सियस थिए। 

काठमाडौँ उपत्यकासँगै देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ। 

हेर्नुहोस् देशभरको तापक्रम विवरण-

  

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। 

अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad