समाज


मिस टिनको उपाधि साराले जितिन्

मिस टिनको उपाधि साराले जितिन्

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १९:३९, काठमाडौँ

यस वर्षको १९ औँ ‘मिस टिन’ नेपालको उपाधि सारा पाण्डेले जितेकी छन्।

बुधबार काठमाडौँ जेसिजले गरेको मिस टिन प्रतियोगितामा नेपाल भ्वाइसको स्टुडियोमा आयोजित कार्यक्रममा उनले मिस टिन नेपालको उपाधि जितेकी हुन्।

मिस टिन विजेता पाण्डेले ५० हजार नगदसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। शिर्ष उपाधिसँगै उनले मिस फोटोजिनक विधामा ताज र विभिन्न उपहार समेत प्राप्त गरिन्।

त्यसैगरी फस्ट रनर अपमा सुविका उपाध्याय र सेकेण्ड रनर अपमा समृद्धि पोख्रेलले उपाधि हासिल गरेकी छन्। फस्ट रन अपले ३० हजार नगद र सेकेण्ड रनर अपले २० हजार नगर प्राप्त गरेकी छन्।

शिर्ष उपाधिसँगै उनले मिस फोटोजिनक विधामा ताज र विभिन्न उपहार समेत प्राप्त गरिन्।

मिस टिन इभेन्टको व्यवस्थापन ३६५ ले गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad