नेपाल राष्ट्र बैंकले ओमानी रियाललाई पनि परिवर्त्य विदेशी मुद्राको मान्यता दिएको छ।
केन्द्रीय बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा २ (ग १) अनुसार ओमानी रियाल (ओएमआर)लाई विदेशी मुद्रा तोकेको हो।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचनामार्फत यसको जानकारी दिएको छ।
पछिल्लो समय नेपालीहरु ओमानमा रोजगारीका लागि पुग्ने क्रम बढेको छ।
हालसम्म २० विदेशी मुद्राले यस्तो मान्यता पाएकामा ओमानी रियाल थपिएसँगै २१ पुगेको छ।
नेपालले भारतीय मुद्रा (भारु)लाई भने अपरिवर्त्य विदेशी मुद्रा बनाएको छ। जसका कारण भारुको दरमा दैनिक फेरबदल हुँदैन।
तर अन्य विदेशी मुद्राको भने दैनिक बजार भाउ परिवर्तन भइरहेको हुन्छ।
33
Shares

प्रतिक्रिया