समाज


विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ आईएफआरसीलाई, थापे महासचिव चापागाईंले

विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ आईएफआरसीलाई, थापे महासचिव चापागाईंले

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार ९:१५, काठमाडौँ

यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) लाई प्रदान गरिएको छ।

सिड्नी विश्वविद्यालय अस्ट्रेलिया, सिड्नी पिस फाउन्डेसनद्वारा स्थापित सो पुरस्कार विश्वमा शान्ति, न्याय, अहिंसा तथा मानवीय सेवामा अतुलनीय योगदान पुर्‍याएबापत हरेक वर्ष प्रदान गरिन्छ।

सिड्नीमा सोमबार आयोजित कार्यक्रममा आईएफआरसीका महासचिव जगन चापागाईँले सो पुरस्कार ग्रहण गरेको आईएफआरसीले जनाएको छ। आईएफआरसीको सर्वोच्च पद महासचिवमा पुग्ने चापागाईँ पहिलो नेपाली हुन्। 

रेडक्रस तथा रेडक्रिसेन्ट अभियानलाई सशक्त बनाउन उनले अतुलनीय नेतृत्व प्रदान गरिरहेका छन्।

यही नेतृत्वका कारण महासचिवमा  दोस्रो कार्यकालका लागि पनि सेवारत छन्। 

विशेष गरेर कोरोना महामारीका समयमा सङ्कटासन्न समुदायलाई मानवीय सहयोगका लागि विश्वव्यापी रूपमा उनले निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको बताइएको छ। आईएफआरसीमा नेपाल रेडक्रससहित विश्वका एक सय ९१ देशका रेडक्रस आबद्ध छन्।

आईएफआरसीद्वारा जारी गरेको विज्ञप्तिका अनुसार पुरस्कार  ग्रहण गर्दै महासचिव चापागाईँले आईएफआरसीले ‘सिड्नी शान्ति पुरस्कार’ प्राप्त गर्नु गौरवको विषय रहेको चर्चा गर्दै यसले आगामी दिनमा रेडक्रसका स्वयंसेवकलाई अझ मानवीय सेवामा तल्लीन हुन उत्प्रेरण मिल्ने बताए।

सिड्नी पिस फाउन्डेसनका निर्देशक मेलानी मौरिसनले महासचिव चापागाईँलाई सो पुरस्कार प्रदान गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad