समाज


रुकुमपश्चिममा पत्नीले चिर्पटले हान्दा पतिको मृत्यु

रुकुमपश्चिममा पत्नीले चिर्पटले हान्दा पतिको मृत्यु

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार ९:२९, सुर्खेत

रुकुमपश्चिमको चौरजहारीमा श्रीमतीले चिर्पट (दाउरा)ले हान्दा श्रीमानको मृत्यु भएको छ। 

चौरजहारी नगरपालिका-२ विजयश्वरी बस्ने अन्दाजी ३२ वर्षीया दिपा कुमालले श्रीमान ४० वर्षीय मधु कुमाललाई चिर्पटले हान्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डीएसपी नवराज पोखरेलले गएराति करिब अढाई बजेको समयमा उक्त घटना भएको हो। 

‘घरयासी विवादका कारण सिर्जना भएको झगडाका क्रममा पत्नीले पतिलाई चिर्पट प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरी केहीबेरअघि घटना स्थलमा पुगेको छ,’ डीएसपी पोखरेलले भने, ‘थप अनुसन्धानबाट घटनाको बारेमा विस्तृत जानकारी आउला।’

प्रहरीका अनुसार उनीहरुका अन्दाजी १७ वर्षका एक छोरा छन्। 

सूचना लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिइसकेको डिएसपी पोखरेलले बताए। 

मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल रुकुमपश्चिमतर्फ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad