समाज


गायिका गोलेको उपचारका लागि क्यालिफोर्नियाबाट साढे १० लाख सहयोग

गायिका गोलेको उपचारका लागि क्यालिफोर्नियाबाट साढे १० लाख सहयोग

नेपालखबर
मंसिर ३, २०८१ सोमबार ११:२, काठमाडौँ

वरिष्ठ गायिका इन्दिरा गोलेको उपचारका लागि अमेरिकाको क्यालिफोर्नियास्थित तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाले ७ हजार ८ सय ८३ अमेरिकी डलर अर्थात् १० लाख ५७ हजार १ सय १० रुपैयाँ उपलब्ध गराएको छ।

सोसाइटीका पूर्वअध्यक्ष कुमार दोङको पहलमा संकलित रकम नेपालबाट इन्डिजिनियस टेलिभिजनमा प्रसारित कार्यक्रम डम्फु सेलोमार्फत पीडितसम्म पुर्‍याइएको हो। 

कार्यक्रम डम्फु सेलोको हालै छायांकन गरिएको कार्यक्रममा उपस्थित सोसाइटीकी पूर्वउपाध्यक्ष पार्वती तामाङ र कार्यसमिति सदस्य फुलम योन्जन तामाङले नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान, इन्दिरा गोले बचाइ अभियानका संयोजक योगेश लामा र कोषाध्यक्ष वैरागी मोक्तानलाई हस्तान्तरण गरे। 

रकम ग्रहण गर्दै संघका अध्यक्ष विशाल काल्तानले वरिष्ठ गायिका इन्दिरा गोलेको हाल ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य सुधारोन्मुख भए पनि खतरामुक्त भइनसकेको जानकारी दिए।

काल्तानले भने- उहाँको क्यान्सर रोग पूरानै हो तर अहिले अन्द्रा र कलेजोमा पनि समस्या देखिएकोले थप उपचारका लागि छिमेकी मुलुक भारतमा लाने योजनामा छौँ। तर यसका लागि आवश्यक आर्थिक अभावका कारण उहाँको उपचारका लागि सबैलाई सहयोगको अपिल गरेका छौँ, यसमा अमेरिकाबाट कोअपरेसन सोसाइटीले यति ठूलो रकम सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछौँ।

गायिका गोलेको उपचारका लागि कति रकम आवश्यक पर्छ भनेर सोधिएको प्रश्नको जवाफमा अध्यक्ष काल्तानले भने- क्यान्सर रोग आफैँमा घातक रोग भएकाले गायिका गोलेको उपचारका लागि यति नै रकम आवश्यक छ भनेर भन्न सकिँदैन।

कार्यक्रममा सोसाइटीकी पूर्वअध्यक्ष पार्वती तामाङ, तामाङ सोसाइटी अफ टेक्सास अमेरिकाका निवर्तमान अध्यक्ष सूर्य मोक्तान र वर्तमान अध्यक्ष प्रणिस तामाङले पनि गायिका गोलेको उपचारको लागि आर्थिक सहयोग गरे। 

नेपालमा हुने विभिन्न समस्यामा सोसाइटीले सहयोग अभियान सञ्चालन गर्ने क्रममा यसपटक गायिका गोलेको उपचार खर्च संकलनमा जुटेको हो। 

एकसाता मात्र सञ्चालन गरिएको सहयोग अभियानमा सोसाइटी र सोसाइटीका ५९ जना सहयोगी/शुभचिन्तक सहभागी भएको सोसाइटीका अध्यक्ष सुरज पाख्रिनले जानकारी दिए। 

वरिष्ठ गायिका इन्दिरा गोलेले काठे लोकदोहोरी, पश्चिमेली लोकदोहोरी, तामाङ सेलो, देउडा जस्ता हजारौ गीतमा स्वर दिइसकेकी छन्। गायिका गोलेलाई केही वर्ष पहिले पाठेघरको क्यान्सर भएको थियो। यसको उपचारपछि पनि उनले सयौँको संख्यामा गीत रेकर्ड गराएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad