बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्कादिन माग गर्ने बताएका छन्।
आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भारत रहेकी हसिनालाई बंगलादेश झिकाउन आग्रह गरिने बताएका हुन्।
विद्यार्थी आन्दोलन खेप्न नसकेपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना पद छाड्दै गत अगस्ट ५ का दिन भारत भागेकी थिइन्।
त्यसपछि अगस्ट ८ देखि मुहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका छन्।
हालै बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता तौफिक हसनले शेख हसिनाले भारत बसेर प्रायः राजनीतिक बयान दिने गरेको त्यसो गर्न नदिने भारतीय उच्चायुक्त र भारत सरकारलाई जानकारी गराएको बताए।
शेख हसिना भारतमा बसेको सय दिनभन्दा बढी भइसकेको छ।
189
Shares

प्रतिक्रिया