समाज


रवि लामिछानेसँग तेस्रो दिन बयान लिन सुरु

रवि लामिछानेसँग तेस्रो दिन बयान लिन सुरु

फाइल तस्बिर


नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार ११:५, काठमाडौँ

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज (बिहीबार) तेस्रो दिन पनि जारी छ। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता, डीएसपी लक्ष्मी खनालले जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान बिहान साढे १० बजे सुरु भएको जानकारी नेपालखबरलाई दिइन्। 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न गत मंगलबार पोखराबाट भैरहवा पुर्‍याइएको थियो। 

त्यही दिन र बुधबार गरी दुई दिन बयान लिँदा पनि नसकिएपछि आज तेस्रो दिन पनि लामिछानेसँग बयान लिने क्रम जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ। 

लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडियामा सूर्यदर्शनसँगै सुप्रिम सहकारीबाट ठूलो रकम लगेको आरोप छ।    

सुप्रिम सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप छ।

जसमध्ये लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ लगिएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad