ad ad

समाज


कोरोनाको कहर : गरिब ट्वाइलेट पेपर खोज्दै, धनी निजी विमानमा मस्त

कोरोनाको कहर : गरिब ट्वाइलेट पेपर खोज्दै, धनी निजी विमानमा मस्त

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार १२:३८,

चर्चित लेखक एफ स्कट फिटजेराल्डले भनेकै थिए –
‘साह्रै धनी मान्छेहरु तपाईं र मभन्दा फरक हुन्छन्।’

यहाँ यो प्रसंग पछिल्लो विश्व सामाजिक परिदृश्यका कारण कोट्याइएको हो। कोरोनाभाइरसले विश्व आतंकित भएको छ। मानिसहरु घरमै थुनिएका छन्। घरमा ट्वाइलेट पेपरको समेत संकट भोग्नुपरेको छ। यस्तो आततायी परिस्थितिमा धनीमानीको जिन्दगी कसरी चलिरहेको होला?

अहिले मानिसहरुसँग कि भाइरसविरुद्ध जुध्ने कि भाग्नेबाहेक अरु विकल्प छैन। धनीमानीहरुले पछिल्लो विकल्प रोजिरहेका छन्। निजी विमानमा धनीमानीहरुको यात्रा अहिले बाक्लिएको छ। पैसा भएकाहरु भाइरसरहित गन्तव्यमा आकर्षित भएका छन्।

यस्तोमा उनीहरुको रोजाइको गन्तव्य न्युजिल्यान्ड बनेको छ। खासगरी अमेरिकी प्रविधि राजधानीले परिचित सिलिकन भ्यालीका अर्बपतिहरु भाइरसबाट जोगिन न्युजिल्यान्ड गइरहेका छन्। कतिपयले भने ग्रामीण क्षेत्रमा रहेको घरलाई उपयुक्त विकल्पका रुपमा रोजेका छन्। सिलिकन भ्यालीका अर्बपति तथा फेसबुकका लगानीकर्ता पिटर थिलहरु न्युजिल्यान्ड भासिएका छन्। त्यहाँ उनको ४ सय ७७ एकड जमिनको स्वामित्व छ।

धनीमानीहरु कोरोना टार्न सहरबाट गाउँ पसिरहेको द गार्जियनले जनाएको छ। धेरै मानिसले लन्डन छाडेर अन्यत्र गएको समाचारमा जनाइएको छ।

यसरी भाग्ने क्रममा कथंकदाचित् जेट ग्राउन्डेड भए के गर्छन्? यस्तो अवस्था आइलागे र अरु सामान्य मानिससँग घुलमिल हुनुपरे उनीहरु फेस मास्क लगाउँछन्। एक अमेरिकी सर्जन जनरलले त ट्विटरमा यसप्रति रोष नै पोखे, ‘यस्ता मानिसले मास्क किन्न छोड।’

बेलायती मोडल, कलाकार तथा महिला उद्यमी नाओमी क्याम्पवेलले विमानमा यात्रा गर्दा लगाएको सेतो सुरक्षित सुट तथा थ्रिएम एन९५ मास्कको ठूला मिडियामा समेत चर्चा भएको थियो। कोरोना भाइरसका विज्ञहरुले यस्तो मास्क आपूर्ति कम भइरहेको बताइरहँदा उनीहरुले भने यस्तो पहिरनमा सेल्फी खिचाइरहेका छन्। जसका कारण उनीहरु सामाजिक सञ्जालमा आलोचित बनेका छन्।

पैसाले माया किन्न सकिएला र ?
तर तीतो सत्य के हो भने धनीमानी जहाँसुकै पुगे पनि उनीहरु केवल आफैँसँग मात्रै हुन्छन्। पैसाले माया किन्न कहाँ सकिन्छ र?

द गार्जियनबाट।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .