समाज


कारको ठक्करबाट २ जना घाइते भएपछि भागेका झाँक्री प्रकाश भुजेल पक्राउ

कारको ठक्करबाट २ जना घाइते भएपछि भागेका झाँक्री प्रकाश भुजेल पक्राउ

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार २०:३२, काठमाडौँ

आफूले चलाएको कारको ठक्करबाट दुई जना घाइते भएपछि फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ परेका छन्।

बुधबार दिउँसो सवा १ बजेतिर शंखरापुर नगरपालिका ९ स्थित शाखु–थली सडकखण्डमा उनले चलाएको कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका थिए।

थलिबाट साँखुतर्फ आउँदै गरेको प्रकाश भुजेलले चलाएको बा १९ च २६९५नम्बरको कारले सोही दिशातर्फ आउँदै बा प्र ०२–०१८ प ६८७५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो।

कारको ठक्करबाट काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटका अन्दाजी ३८ वर्षीय नारायण नगरकोटी र मोटरसाइकलको पछाडी बसेकी उनकी श्रीमती अन्दाजी ३२ वर्षीया किसानुमाया नगरकोटी घम्भीर घाइते भएका छन्।

दुवै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै जना बोल्न नसक्ने अवस्थामा छन्।

घाइतेहरूलाई तत्काल नारायणटारस्थित शंखरापुर अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि दुवै जनालाई ग्राण्डी अस्पताल टोखा लगिएको छ।

दुर्घटनापछि झाँक्री भुजेल कार घटनास्थलमै छाडेर फरार भएका थिए। उनलाई पक्राउ गरिसकेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले बताए। उनलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको पनि एसपी अधिकारीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad